नियम २०
चालक अनुमतिपत्रको लागि दरखास्त
(१) ऐनको दफा ४८ बमोजिम चालक अनुमतिपत्र लिन चाहने व्यक्तिले अनुसूची–३ बमोजिमको दस्तुर सहित कुनै कार्यालयमा अनुसूची–१७ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा दरखास्त साथ दरखास्तवालाको निरोगीताको सम्बन्धमा नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकले अनुसूची–१८ बमोजिमको ढाँचामा प्रमाणित गरेको निरोगीताको प्रमाणपत्र समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम दरखास्त दिने व्यक्तिहरूमध्ये ऐनको दफा ४९ बमोजिम चालक अनुमतिपत्रको लागि लिइएको परीक्षणमा सफल भएका व्यक्तिहरूलाई मात्र चालक अनुमतिपत्र दिईनेछ ।
(४) उपनियम (३) बमोजिम चालक अनुमतिपत्र दिंदा निजी सवारी र सार्वजनिक सवारीको लागि चालक अनुमतिपत्र छुट्टाछुट्टै रूपमा दिन सकिनेछ ।
(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि यो नियमावली प्रारम्भ भएपछि साठी वर्ष उमेर पूरा भएका कुनै व्यक्तिलाई ठूलो र मझौला सार्वजनिक सवारी चलाउन अनुमतिपत्र दिइने छैन ।
(६) सानो सवारी चलाएको दुई वर्ष पूरा नभएसम्म अनुसूची–१८क. मा उल्लिखित सवारी बाहेक अन्य मझौला र ठूलो सवारी चलाउन चालक अनुमतिपत्र दिइने छैन ।